समाचार
विपद् व्यवस्थापनमा डिजिटल प्रविधि सम्बन्धी तालिम सम्पन्न
Feb 9, 2023
काठमाडौं, २६ माघ
'विपद् व्यवस्थापनमा डिजिटल प्रविधि' सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । माघ २४ गतेदेखि शुरु भएको तालिम आज सकिएको हो । तालिममा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयका साथै जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, वातावरण विभाग लगायतका सरोकार निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तालिममा विभिन्न विश्वविद्यालयका प्रोफेसर र विषय विज्ञहरुले विपद् व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोगको प्रभावकारिता र चुनौतीहरुका विषयमा प्रस्तुती गर्नुभएको थियो । यस क्रममा जोखिम मुल्याङ्कन, न्यूनीकरण र रोकथाम, विपद् पूर्वतयारी लगायतका विषयमा एक अर्काबीचको अनुभव आदान प्रदान गरिएको थियो ।
ट्वान्टे विश्वविद्यालय, आई.टि.सि. संकायका बहु-प्रकोप जोखिम गतिशीलता विभागका प्रोफेसर केस भान वेस्टेनले विपद् व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधि (आईसिटि) पाठ्यक्रमको उद्धेश्य र डिजाइनबारे जानकारी गराउनुभएको थियो । उहाँले जोखिम मुल्यांकन कसरी गर्ने र त्यसलाई भिजुअलाईजेसनको माध्यमबाट कसरी देखाउने भन्नेबारे पनि सिकाउनु भयो । यो पाठ्यक्रम ईन्टरनेटको माध्यमबाट पाउन सकिन्छ ।
यस्तै बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्र संघको कार्यालयका लोरन्ट जारानले स्याटलाइटको तस्वीर कसरी लिने ? अन्तरिक्ष डेस्क जानकारी (Space Desk Information) मा सेन्डाई फ्रेमवर्कको भूमिका के छ भन्नेबारे जानकारी गराउनुभएको थियो ।
एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (AIT)को जियोइन्फरमेटिक्स सेन्टरका निर्देशक डा. मञ्जुल कुमार हजारिकाले पूर्वसूचना र चेतावनी प्रणालीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अनुगमन प्रणालीका बारेमा पनि बताउनुभयो । यसैगरी सोही संस्थाका अनुसन्धाता अनिस रत्न शाक्यले ‘फाष्टफ्लड’ र ‘रिस्कचेन्ज’ सम्बन्धी वेभसाइटमा भएका विषयहरुबारे जानकारी गराउनुभयो । उहाँले विपद् सम्बन्धी तथ्याङ्क कुन कुन पोर्टलबाट कसरी लिन सकिन्छ भन्नेबारे पनि बताउनुभयो । ए.आई.टि.कै जियोइन्फरमेटिक्स सेन्टरका कार्यक्रम अधिकृत शयाम नशरुल्लाहले स्याटेलाईट डेटा कसरी प्रयोग गर्ने भन्नेबारे बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलाले प्राधिकरणले सुचना तथा सञ्चार प्रविधिमा गरिरहेको कामबारे जानकारी गराउनुभएको थियो भने यसका प्राविधिक पक्षहरुबारे अधिकृत जितेन्द्र अधिकारीले बताउनुभएको थियो ।
तालिममा आफ्नो धारणा राख्ने क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एपीसिआईसिटि, एआईटि र यूएनईएससिएपि सहित तीनवटै संस्थासँग मिलेर काम गर्न प्राधिकरण इच्छुक रहेको बताउनुभयो । उहाँले संस्थाले विकास गरेका विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमहरु नेपाली भाषामा अनुबाद गरेर नेपालको विपद् सम्बन्धी जानकारी दिने वेभसाईट विपद पोर्टलमा राख्नु उपर्युक्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँले स्याटेलाईट तस्वीर सहज रुपमा लिन सकिने वातावरण बनाउन पनि आग्रह गर्नुभयो । उक्त संस्थाका प्रतिनिधिहरुले नेपालको विपद् व्यवस्थापनमा सघाउन आफूहरु तयार रहेको बताए ।
तीन दिनसम्म चलेको तालिम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र Asian and Pacific Training Centre for ICT for Development/United Nations Economic and Social Commission for Asia and the Pacific (UNESCAP) को आयोजनामा भएको हो ।

Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of Council
Pushpa Kamal Dahal "Prachanda"
Hon. Home Minister & Chairperson of Executive Committee
पदाधिकारी

Anil Pokhrel
Chief Executive
Anita Niraula
Joint Secretary
Contact : 9851235982
Rameshowr Marhatta
Joint Secretary
Contact : 9851206337

Dhruba Bahadur Khadka
Under Secretary / Spokesperson/Information Officer
Contact : 9851320269/9841190254
: dhrubabkhadka@yahoo.com
- 13
- Oct
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।
- 1
- 13
- Oct
13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।
- 1
- 15
- Oct
15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 3
- 16
- Oct
16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 4