समाचार

जलवायु परिवर्तन सम्बन्धी सगरमाथा संवाद आयोजना गरिने

Jan 10, 2023

काठमाडौं, पुस २६

सरकारमा सामेल दलहरूले 'जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयमा सगरमाथा संवाद आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार सार्वजनिक नेपाल सरकारको आगामी नीतिगत प्राथमिकता र कार्यक्रममा दलहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न, जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन र सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न संवाद आयोजना गरिने कार्यक्रममा उल्लेख छ ।

नीतिगत प्राथमिकता र कार्यक्रममा जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न, वातावरणको सुरक्षा गर्न र हरित अर्थतन्त्रको विकास गर्न 'विपद् पूर्वसूचना प्रणालीलाई सुदृढ बनाई जनधनको क्षति हुनबाट जोगाउने, उद्योग, कलकारखाना र विकास पूर्वाधार निर्माण गर्दा वातावरणमा प्रतिकूल असर नपर्ने गरी वनक्षेत्रको उपयोग गर्ने व्यवस्था गर्ने, फोहरमैलाको दिगो व्यवस्थापन गर्ने' उल्लेख गरिएको छ ।

त्यसैगरि, हिमपात, शीतहलर, बाढी–पहिरो, डुवान, आगलागी तथा चट्याङ्गजस्ता विपद्का समयमा तत्काल उद्धार गरी उचित राहत उपलब्ध गराउने, प्रभावितहरूको पुनर्स्थापनाको कार्य शीघ्र संचालन गर्ने पनि प्रतिबद्धता गरिएको छ ।

सरकारमा सहभागी दलहरुले आफ्ना घोषणापत्रमा उल्लेखित साझा विषयहरू एवं मुख्य राष्ट्रिय विषयहरूमा संवादबाट निकालिने सहमतिका निष्कर्षहरूलाई सरकार सञ्चालनका मुख्य आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Goma Devi Chemjong

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851215979

: gomachemjong@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4