समाचार

डोटीमा भूकम्पबाट भएको क्षतिको विस्तृत आँकलन सुरु

Jan 5, 2023

दिपायल सिलगढी, पुस २०

गत कार्तिक २३ गते डोटीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुगेका डोटीका निजी आवास तथा सार्वजनिक संरचनाहरुको क्षतिको विस्तृत आँकलन (DDA) सुरु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा प्राधिकरणको समन्वयमा साझेदार संस्थाका विज्ञ इञ्जनियरद्वारा स्थानीय तहमा कार्यरत प्राविधिकहरुलाई सैद्दान्तिक तथा कार्यस्थल प्रशिक्षण (OJT) सहित क्षति पुगेका घरहरुको विस्तृत आँकलन सुरु गरिएको हो ।

बुधबार कार्यस्थल प्रशिक्षणका क्रममा दिपायल सिलगढी नगरपालिका ६ का दीपक र कमली नेपाली दम्पतिको घरको सर्वेक्षण पश्चात घरधनीलाई डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले निस्सा प्रदान गर्नुभयो ।

कार्यस्थल प्रशिक्षण पश्चात प्राधिकरणबाट खटिएका विज्ञ इञ्जनियरहरु तथा सम्बन्धित पालिकाका प्राविधिकहरुले डोटीका सबै पालिकामा पुगेर स्थानीय तहबाट प्राप्त सूचि अनुसार निजी आवास तथा अन्य सार्वजनिक संरचनाहरुको विवरण संकलन गर्नु हुनेछ ।

डोटीका नौवटा स्थानीय तहबाट हालसम्म ५४१ वटा निजी आवास पूर्ण रुपमा क्षति भएको र ४ हजार १४६ घरहरुमा आंशिक क्षति पुगेको विवरण प्राधिकरणमा प्राप्त भएको छ । त्यस्तै ४७ विद्यालय, ८ स्वास्थ्य चौकी, ९ सरकारी भवन, ४ सांस्कृतिक संपदामा पनि क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ ।

यसअघि, मंगलबार भूकम्पबाट भएको क्षतिको विस्तृत आँकलन (DDA) सुरु गर्ने सम्बन्धमा स्थानीय जनप्रतिनिधि, स्थानीय विपद् सम्पर्क व्यक्ति, जिल्लास्थित संघीय कार्यालयका प्रमुखहरु, जिल्लामा उपलब्ध प्राविधिकहरु तथा संचारकर्मीहरुको उपस्थितिमा दिपायल सिलगढी नगरपालिकाको सभाहलमा एक अन्तरक्रिया आयोजना गरिएको थियो ।

कार्तिक २३ गते बिहान डोटीको पूर्वीचौकी गाउँपालिका ३ को गैरगाउँ केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा गरी उक्त गाउँका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते हुनु भएको थियो। 

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4