समाचार
दाङ र प्युठानमा जोखिम मूल्याङ्कन अध्ययन
Nov 10, 2022
काठमाडौं/ कार्तिक २४
असोज तेस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले प्रभावित दाङ र प्युठानका स्थानीय तहहरुको जोखिम मूल्याङ्कन अध्ययन सुरु गरिएको छ ।
दाङको बंगलाचुली गाउँपालिका र प्युठानको माण्डवी गाउँपालिकाका विभिन्न वडामा बाढी-पहिरोले क्षति पुगेको थियो ।
यस अध्ययनमा प्राधिकरणबाट खटिएका एकजना जियोटेक्निकल इन्जिनियर र एकजना सिभिल इन्जिनियर, लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विपद् फोकल पर्सन, प्रभावित गाउँपालिकाका अध्यक्ष, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत, प्रभावित वडाका वडा अध्यक्ष तथा राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्च 'एनएचएसआरपी' लुम्बिनी शाखा सहभागी छन् ।
'एनएचएसआरपी' को लुम्बिनी शाखाले यो अध्ययनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको हो । स्थानीय तहमा परिचालित हुनुअघि टोलीमा सहभागीलाई एनएचएसआरपीले मनसुनजन्य विपद्बाट प्रभावित निजी आवास पुनर्निर्माण र पुनर्स्थापना कार्यविधिबारे जानकारी गराएको थियो ।
Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of National Council
Rabi Lamichhane
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी
Anil Pokhrel
Chief Executive
Bharat Mani Pandey
Joint Secretary
Rameshowr Marhatta
Joint Secretary
Dijan Bhattarai
Under Secretary/Spokesperson and Information Officer
Contact : 9851320269
: dijansmita@gmail.com