बारम्बार सोधिने प्रश्नहरु

प्रभावित समाज वा समुदायले आफ्नै स्रोत साधन र सामार्थ्यको प्रयोग गरी धान्न नसक्ने गरी भएको त्यस्तो व्यापक मानवीय, भौतिक, आर्थिक वा वातावरणीय क्षति एवं असरहरु जसका कारण समुदायको सामान्य जीवन पद्धति गम्भीर रुपमा अबरुद्ध हुन्छ । २) विपद् कति प्रकारका हुन्छन् ? उत्तर : विपद् दुई प्रकारका हुन्छन् १) प्राकृतिक विपद् २) गैरप्राकृतिक विपद् । १) प्राकृतिक विपद् भन्नाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २ (झ) अनुसार हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भूस्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ्ग, भूकम्प, ज्वालामुखी बिस्फोट, डढेलो वा यस्तै अन्य प्राकृतिक विपद्बाट उत्पन्न जुनसुकै विपद् सम्झनु पर्छ । २) गैरप्राकृतिक विपद् भन्नाले ऐ. ऐनको दफा २ को (घ) अनुसार महामारी, अनिकाल, डढेलो, कीट वा सुक्ष्म जिवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, प्यान्डामिक फ्लु, सर्पदंश, जनावर आतंक, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्यास, रसायन वा विकिरण चुहावट, ग्याँस विष्फोटन, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदुषण, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना वा यस्तै अन्य गैर प्राकृतिक विपद्बाट उत्पन्न विपद् सम्झनु पर्छ ।

आप्नो बस्ती बाढीबाट सुरक्षित छ की छैन भन्ने कुरा कुन स्थानमा बस्ती बसेको छ, त्यो स्वयंलाई बढी थाहा हुन्छ । जस्तो ठूला ठूला नदीतट क्षेत्रमा धेरै टाढा टाढाबाट पानीको सतह बढ्न सक्ने हुँदा बर्षायाममा जहिले पनि बाढी आउन सक्छ । यसका लागि आफ्नो बस्तीलाई सुरक्षित ठाउँमा बसाउनु पर्छ । यदि तपाई ठूला नदीहरुको तटिय क्षेत्रमा बस्नुहुन्छ भने तपाईको मोबाईलमा ११५५ नम्बरबाट मेसेज आउछ, त्यो ध्यानपूर्वक पढ्ने । तपाई स्वयंले पनि आफ्नो वस्तीमा बाढी आउने संभावना कतिको छ भनेर पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बुझ्न सक्नुहुन्छ ।

यदि तपाई बाढी पहिरो लगायत अन्य जुनसुकै विपद्का घटनाको चपेटामा पर्नुभयो र मद्धत चाहियो भने ११४९ नम्बरमा फोन गरेर उद्धार र राहतका लागि मद्धत माग्न सक्नुहुन्छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

केही वर्ष यता काठमाडौं लगायतका मुख्य शहरहरुमा भएको डुबान बाढी होईन । यसलाई विपद्को भाषामा भन्दा water logging भनिन्छ । यी समस्या शहरमा निर्माण गरिएका विभिन्न संरचनाका कारण खोलाको प्राकृतिक वहाव रोकिएपछि उत्पन्न भएका हुन् ।

मृतकको हकमा मृतकका परिवारका सदस्यले आफ्ना वडा कार्यालयमा निवेदन दिने । आवास क्षति बापतको राहत रकम लिनका लागि क्षतिको विवरण सहित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ ।

१ निवेदन २ प्रहरी मुचुल्का ३ पालिकाको सिफारिस ४ मृत्यु दर्ता प्रमाणपत्र ५ नजिकको हददारको नाता प्रमाणित ।

भूकम्प, बाढी, पहिरो, आगलागी, असिनापानी, हुरीबतास, चट्याङ्ग, शीतलहर, हिमपात, लगायतका विपद्का कारणबाट भएका हवाई, सडक एवं डुङ्गा दुर्घटनाबाट प्रभावित पीडितहरुले मात्र राहत रकम पाउँछन् ।

एकै परिवारका १ जनाको मृत्यु भएमा रु २ लाखका दरले, सोही परिवारमा अन्य व्यक्तिको समेत मृत्यु भएमा प्रति व्यक्ति थप रु १ लाखका दरले राहत रकम पाइन्छ । तर एकाघरका परिवारका सवै सदस्यको मृत्यु भइ एकासंगोलको कुनै पनि व्यक्ति जीवित नरहेमा यस किसिमको राहत रकम पाइने छैन ।

अवश्य पाउछन् । विपद्का घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरीरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा पूर्ण नष्ट नभएपनि सम्भावित खतराबाट जोगिन सुरक्षित स्थानमा नयाँ घर निर्माण गर्नुपर्ने भएमा त्यस्तो परिवारले स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी प्रति परिवार रु १ लाखसम्म आर्थिक सहयोग पाउनेछ । तर अर्को स्थानमा बसोबास गर्ने घर नभएको हुनुपर्नेछ । मनसुनको अवधिमा बाढी, पहिरो, डुबान तथा कटान लगायतका कारण पूर्ण रुपमा घर क्षति भई घरबार विहिन भएकाहरुलाई २०७२ सालको भूकम्प पीडितलाई प्रदान गरिए बराबरको सहायता सोही विधि र प्रक्रियाबाट सहायता उपलब्ध गराइन्छ ।

विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा वा पसल व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न समेत नभएका पीडित परिवारलाई यथाशीघ्र प्रति परिवार ५ जनासम्म सदस्य भएकालाई रु १५ हजार र ५ जनाभन्दा बढी सदस्य भएकालाई रु २० हजारका दरले तत्काल घटनास्थलमै नगद सहायता उपलब्ध गराइन्छ ।

विपद्का घटनामा परी घाईते भएकालाई जिल्ला विपद् व्यवस्थापन समिति मार्फत सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च भुक्तानी गरी दिने र अस्पतालबाट घर जान आर्थिक सहयोग स्वरुप प्रति व्यक्ति रु १ हजार र यातायात खर्च दिने ।

विपद् प्रभावित निजी अवास पुनर्निर्माण अनुदान वितरण (मस्यौदा) कार्यविधि, २०७७ बन्दैछ ।

विपद् प्रभावित निजी अवास पुनर्निर्माण अनुदान वितरण (मस्यौदा) कार्यविधि, २०७७ बन्दैछ ।

Schedule
  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3 दिन अगाडी
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4 दिन अगाडी