समाचार

बाढी प्रभावितको उद्धार जारी, राहतका लागि सहयोग थपिंदै

Shr 18, 2079

बाढी प्रभावितको उद्धार जारी, राहतका लागि सहयोग थपिंदै

काठमाडौं, साउन १८
सप्तकोसी नदी उदयपुरको दक्षिण पश्चिम तटीय क्षेत्रका बस्तीमा पस्दा प्रभावित भएका नागरिकहरुको उद्धार र राहत वितरण कार्य जारी रहेको छ । बुधबार बिहान सप्तकोशी नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै बस्तीतिर पस्दा वेलकाका १, २, ३, ८ र ९ वडाका करिब १५ सय घरपरिवार प्रभावित भएका छन् । 
साँझसम्म बाढीबाट प्रभावित करिव एक हजार घरपरिवारको उद्धार गरी सुरक्षित स्थलमा सारिएको राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा प्रकाशित प्रेस नोटमा जनाइएको छ । प्रवक्ता डा. डिजन भट्टराईद्धारा जारी नोटमा हालसम्म कुनै मानवीय क्षति नभएको र स्थानीय साधनस्रोत प्रयोग गरेर तटबन्ध कस्ने काम भइरहेको जनाइएको छ ।  
बाढी गएलगत्तै गृहमन्त्री बालकृष्ण खाणले उक्त बाढीबाट प्रभावित नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न, अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको थियो । 
उद्धार गरिएका नागरिकहरुको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको समन्वयमा बेलायत सरकार र केएर नेपालले विस्थापितहरुलाई खाद्यान्न खरिद गर्न ६ लाख रुपैयाँ तथा सरसफाइका सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीहरुका लागि ११ लाख रुपैयाँ राष्ट्रिय कृषक समूह महासंघमार्फत् उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।    
बुधबार नै वेलका नगरपालिका प्रमुख अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरुबीचको बैठक बसी वेलका र बराहक्षेत्र नगरपालिकाका नगर-प्रमुखहरुको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइट, वडाध्यक्षलगायत आवश्यताअनुसार पदाधिकारी सहभागी हुने गरी खोज, उद्धार, राहत, पुनर्स्थापना तथा विपद् व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले नदीले पुर्याएको तथा पुर्याउन सक्ने थप क्षति आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र  निर्माण गर्ने पनि निर्णय पनि गरेको छ ।  सप्तरीका सप्तकोशी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई सतर्क गराइएको छ ।
बैठकले बाढी प्रभावितहरुको आश्रयस्थलका लागि वेलका नगरपालिकाका विभिन्न स्थानलाई सुरक्षित आश्रयस्थल बनाउने पनि निर्णय गरेको छ ।
बैठकले राहत सामग्रीहरु एकद्वार प्रणलीबाट संकलन गरी एकद्वार प्रणालीबाटै वितरण गर्ने निर्णय गरेअनुसार राहत संकलन थालेको छ । राहत वितरण गर्दा उदयपुर-सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा निजले तोकेका अधिकृत, दुवै नगरपालिकाका नगरप्रमुखहरुको संयोजनमा वितरण गर्ने निर्णय बैठकले गरेको छ । 
नेपाल रेडक्रस सोसाइटीले १०० थान त्रिपाल, १ थान रवरबोट, ६ थान हेल्मेट उपलब्ध गराएको छ भने खाद्यान्न खरिदमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  
बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेकाले मानवीय क्षति हुनसक्ने भएकोले जिल्ला तथा स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध पनि गरेको छ ।
 

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

गोमादेवी चेम्जोङ्ग

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851215979

: gomachemjong@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4