समाचार

“विपद्का घटनाबाट विस्थापित र प्रभावित बनेकाहरुलाई राख्नका लागि आश्रयस्थल बनाइने” –हिक्मत कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री, प्रदेश नं १

Mag 13, 2077

“विपद्का घटनाबाट विस्थापित र प्रभावित बनेकाहरुलाई राख्नका लागि आश्रयस्थल बनाइने” –हिक्मत कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री, प्रदेश नं १

 

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले अधिकांश आगलागीका घटना मानवीय लापरवाहीकै कारणले भएको भन्दै यसको क्षति न्यूनीकरणका लागि हाम्रै आनीबानी सुधार्नुपर्नेमा जोड दिनुभएको छ । २०७७ माघ ५ गते सोमबार विराटनगरमा आयोजित “वन डढेलो तथा आगलागीको जोखिम पूर्वतयारी तथा प्रतिकार्य” सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री कार्कीले प्रदेश नं १ आगलागीको उच्च जोखिममा रहेकाले सावधानी अपनाउन सबैसँग आग्रह गर्नुभयो ।

सरकारहरु पनि विपद्पछिको उद्धार र राहतमा बढी केन्द्रीत हुनेगरेको भन्दै मन्त्री कार्कीले अव सरकारको प्राथमिकता विपद्को पूर्वतयारीमा हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो सरकारले पनि विपद्को घटना न्यूनीकरणका लागि सोचेजति काम गर्न नसकेको स्वीकार्दै उहाँले अबका दिनमा प्राथमिकता तय गरेर अघि बढ्ने बताउनुभयो । विपद्मा परेर घरबार उठीबास भएकाहरुलाई राख्न प्रदेश सरकारले एउटा बृहत पुनर्स्थापना केन्द्र निर्माणको सोच बनाएको भन्दै सहकार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा प्राधिकरणको भूमिका र आगामी कार्ययोजनाबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उहाँले विपद्को जोखिम न्यूनीकरणका लागि प्राधिकरणले ४ वटा क्षेत्रमा काम गरीरहेको बताउनुभयो । विपद्को जोखिम थाहाँ पाउन सक्यौ भने धेरै हदसम्म विपद्का घटना कम गर्न सकिने भन्दै उहाँले यस्ता जोखिमयुक्त स्थानहरुको पहिचानमा स्थानीय सरकारलाई अघि बढाएर काम गरिने जानकारी गराउनुभयो । यस्तै विपद्पछिको उद्धार गर्न वडास्तरमै स्वयंसेवक व्युरो बनाइने जानकारी दिनुभयो । विपद्का घटनाबाट क्षतिग्रस्त बनेका घरहरुको पुनर्निर्माणका लागि कार्यविधि निर्माणको चरणमा रहेको भन्दै यो पारित हुनासाथ कार्यान्वयनमा जाने बताउनुभयो । पहिरोको जोखिम नक्सांकनको काम पनि सँगसँगै अघि बढाइएको उहाँको भनाई थियो ।

यसैगरी प्राधिकरणका प्रवक्ता तथा उपसचिव जनार्दन गौतमले प्रदेश नं १ मा चट्याङ्गका घटनाबाट सबैभन्दा बढी मानवीय क्षति भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । घटना संख्याका हिसावले भने आगलागीका घटना धेरै हुने गरेको उल्लेख गर्दै प्रवक्ता गौतमले यसबाट बच्नका लागि सर्वसाधारण आफै पनि सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ का प्रमुख सचिव दिनेश भटटराईले पूर्वाधार निर्माण गर्दा विपद्लाई समेत ध्यानमा राखेर गर्नुपर्ने सुझाव दिनुभयो । विपद्को पूर्वतयारीमा विगतमा पर्याप्त ध्यान नपुगेको भन्दै उहाँले यतातर्फ ध्यान दिन प्राधिकरणलाई आग्रह गर्नुभयो ।

प्रदेश नं १ बारम्बार आगलागीको चपेटामा पर्ने गरेको भन्दै आगो निभाउने दक्ष जनशक्ति नभएकाले यसतर्फ ध्यान दिनुपर्नेमा कार्यक्रमका सहभागीहरुको जोड थियो ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

गोमादेवी चेम्जोङ्ग

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851215979

: gomachemjong@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4