समाचार
तराई मधेसमा बाढी र डुबानबाट हुने क्षति कम गर्न चुरेको व्यवस्थापन हुनु अत्यन्त जरुरी –ज्ञानेन्द्र कुमार यादव, मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं २
Pou 4, 2077

तराई मधेसमा बाढी र डुबानबाट हुने क्षति कम गर्न चुरेको व्यवस्थापन हुनु अत्यन्त जरुरी –ज्ञानेन्द्र कुमार यादव, मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं २
प्रदेश नं २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले तराई मधेसको बाढी र डुवानबाट हुने जोखिम न्यूनीकरणका लागि चुरे क्षेत्रको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा यही मंसिर २८ गते प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा भएको विपद् प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा आफ्नो धारणा राख्दै मन्त्री यादवले चुरेको व्यवस्थापनमा जोड दिनुभएको हो ।
वर्षेनी बाढीले चुरेको बालुवा र कंक्रिट बगाएर ल्याउदा खोला नदीहरु अग्लिदै गएको र सो अनुपातमा बस्तीहरु खोलाको सतहभन्दा गहिरो हुँदै गएको तर्फ ध्यानाकर्षण गराउँदै मन्त्री यादवले यसलाई बेलैमा सुल्झाउन नसक्ने हो भने बस्ती सबै डुबानमा पर्ने खतरा औल्याउनुभयो । बाढी र डुबान लगायत समग्र विपद्को सामना गर्नको लागि संघ, प्रदेश र स्थानीय सरकार तीनै तहको साझेदारी हुनुपर्नेमा पनि उहाँको जोड थियो । यसबाहेक चट्याङ्ग र जनावर आतंकबाट पनि प्रदेश नं २ का बासिन्दा आक्रान्त रहेको उल्लेख गर्दै मन्त्री यादवले विपद्को जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले १० वर्षको रणनीति बनाएर अघि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा राज्यमन्त्री सरोजकुमार सिंहले तराई मधेसमा हुने बाढी र डुबानको समस्या न्यूनीकरणका लागि चुरेको व्यवस्थापनसँगै तटबन्ध पनि बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
विपद्का घटनामा परिचालन गरिने जनशक्तिलाई दक्ष र साधनस्रोत सम्पन्न बनाउनुपर्ने उहाँको धारणा थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा अंगका प्रतिनिधि, विपदमा काम गर्ने सरकारी र गैरसरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।
पदाधिकारी

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री

राम बहादुर थापा 'बादल'
माननीय गृह मन्त्री

अनिल पोखरेल
कार्यकारी प्रमुख

जनार्दन गौतम
प्रवक्ता/सूचना अधिकारी
सम्पर्क : 9841552979
- 27
- Aso
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।
- 1
- 27
- Aso
13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।
- 1
- 29
- Aso
15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 3
- 30
- Aso
16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 4