समाचार

सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य राष्ट्रिय मार्गदर्शन, २०७७’ स्वीकृत

Man 19, 2077

गृहमन्त्री रामबहादुर थापाले यस वर्षको सम्भावित शीतलहरबाट आमसर्वसाधारणलाई सुरक्षित राख्ने तयारी थाल्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मंसिर १६ गते बसेको नवौ बैठकमा माननीय मन्त्री थापाले यस वर्ष शीतलहरसँगै कोरोनाको पनि जोखिम रहेकाले सोही अनुरुपको पूर्वतयारी र प्रतिकार्यका योजना बनाउन आग्रह गर्नुभयो । हिमाली भेगमा हिमपात र तराई क्षेत्रमा शीतलहरको प्रभावबाट आर्थिक रुपमा कमजोर व्यक्ति र परिवार नै बढी प्रभावित हुने भएकाले उनीहरुका लागि न्यानो कम्मल र ज्याकेट समयमै उपलब्ध गराउनुपर्नेमा उहाँको जोड थियो ।

गृहमन्त्री थापाले बाढी र पहिरोबाट विस्थापित भई टेन्ट र त्रिपालमा बसेकाहरुलाई चिसोबाट बचाउन पुनर्निर्माणको काम तुरुन्त शुरु गरिने बताउनुभयो । घर गुमाएका विपद् प्रभावितहरुको घर निर्माणका लागि सरकारबाट उपलब्ध गराउनु पर्ने रकम छिटोभन्दा छिटो उपलब्ध गराइने उहाँको भनाई थियो ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले तराई मधेशका जिल्लामा चिसोबाट बच्न सामुहिक रुपमा घुर ताप्ने प्रचलन रहेकाले उनीहरु कोभिड-१९ को जोखिममा पर्नसक्ने तर्फ विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो । शीतलहरले गरिव र विपन्न परिवारका व्यक्तिलाई नै असर पुर्याउने भएकाले उनीहरुका लागि सरकारले दाउरा र अन्य सामग्रीको व्यवस्था समयमै गराउनुपर्ने धारणा उहाँको थियो । 

यस्तै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले जाडोमा आङ् ढाक्ने लुगा पनि नभएकाहरुसम्म राज्यको सुविधा पुर्याउनुपर्नेमा जोड दिनुभयो । चिसोमा शरिरको न्यानो बचाउनु नै महत्वपूर्ण विषय रहेको भन्दै उहाँले शरिरको तापक्रमको रक्षा गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

पदाधिकारी

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री

राम बहादुर थापा 'बादल'

माननीय गृह मन्त्री

अनिल पोखरेल

कार्यकारी प्रमुख

जनार्दन गौतम

प्रवक्ता/सूचना अधिकारी

सम्पर्क : 9841552979

आगामी कार्यक्रम

  • 27
  • Aso

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।

  • 1
  • 27
  • Aso

13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।

  • 1
  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4