समाचार
बाढीबाट हुने जमिन कटान न्यूनीकरणको एक उपाय बाँसको चरचरी
Aso 26, 2077

इलाम जिल्लाको माई नगरपालिका वडा नं ३ र १० का स्थानीयवासीले बाँसको चरचरी बनाएर बाढीबाट हुदै आएको कटान रोक्न सफल भएका छन् । त्यहाँस्थित लोदिया खोलाले मनसुनका बेला बर्षेनी जमिन कटान गर्दै आएको थियो । जसबाट करिव ४० घरधुरी र ७ हेक्टर क्षेत्रफल जति जमिन कटानबाट प्रभावित हुदै आएका थिए । स्थानीयले समाधानका लागि सम्बन्धित निकायलाई पनि गुहारे । तर बजेट निकै कम आएकाले के गर्ने भन्ने अन्योल भयो । तब बन तथा भूसंरक्षण मन्त्रालयका उपसचिव प्रा विजेन्द्र कृष्ण सिंहको नेतृत्वमा उपाय निस्कीयो समुदायस्तरमै उपलब्ध साधन स्रोतको उपयोग गरेर छेकबार लगाउने । त्यसपछि सामुदायिक बनमा खेर गइरहेका काँठका मुढाहरु ल्याइयो । गाउँकै बाँस काटेर कप्टेरो तयार पारियो । खोलामै भएको ढुङ्गा जम्मा गरियो । अनि नाम दिइयो बाँसको चरचरी ।
बाँसको चरचरी बनाउनका लागि खोलाको किनारामा डेढ मीटरको दुरीमा काठ वा बाँसको खाँबा गाढिन्छ । खेतपट्टिको भागमा बाँसलाई चिरेर बनाइएको कप्टेरोले बारिन्छ । अनि ढुङ्गाहरु भरेर चरचरी तयार पारिन्छ । जमिनपट्टीको भागमा नयाँ बाँसहरु रोपिन्छ ।
यस्ता चरचरीले ३/४ वर्षसम्म थेग्ने र यसमा राखिएका बाँस कुहिदासम्म नयाँ रोपीएको बाँस काट्न मिल्ने बनिसक्ने स्थानीय उपभोक्ता समितिका अध्यक्ष देव तामाङ बताउनुहुन्छ ।
स्थानीय स्तरमै उपलब्ध हुनसक्ने साधन स्रोतबाट थोरै लगानीमै बनाउन सकिने यस्ता छेकबार तत्कालिक समस्या समाधान गर्न प्रभावकारी हुने उपसचिव सिंहको बुझाई छ । यसरी समुदायकै अग्रसरतामा काम सम्पन्न हुने हुँदा समुदाय पनि आफ्ना काम र समस्याप्रति आफै जिम्मेवार हुने उहाँको तर्क छ ।
सामान्यत: १ हजार मीटर जति तार जालीको तटबन्धका लागि लगभग… लगानीको आवश्यकता पर्छ । तर बाँसको चरचरी … लगानीमै बनाउन सकिन्छ । आव २०७३/०७४ सालमा स्थानीय उपभोक्ता समिति मार्फत बनाइएको चरचरी छेकबार अहिलेसम्म पनि टिकिरहेको छ ।
यही बैसाख १ गते बसेको सम्माननीय प्रधानमन्त्री ज्यूको अध्यक्षतामा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले पनि प्राकृतिक प्रणालीमा आधारित जैविक तटबन्धका उपायहरु जस्तै बाँस रोप्ने, बाँसको टाटी तथा बाँसका कीला ठोक्ने जस्ता उपाय मार्फत बाढी तथा कटानका समस्याहरु न्यूनीकरण गर्ने प्रयास गर्नुपर्ने निर्णय गरेको छ ।
पदाधिकारी

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री

राम बहादुर थापा 'बादल'
माननीय गृह मन्त्री

अनिल पोखरेल
कार्यकारी प्रमुख

कृष्णहरि पुष्कर
सह सचिव

मालती पन्त
शाखा अधिकृत/ सूचना अधिकारी
सम्पर्क : ०१४१०२१७८, ९८५८७५०३५५
- 27
- Aso
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।
- 1
- 27
- Aso
13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।
- 1
- 29
- Aso
15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 3
- 30
- Aso
16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 4